घरको छतमा तरकारी लगाएर जीविका चलाउँदै


पाल्पा : तरकारी लगाउनका लागि प्रशस्त जग्गा नै चाहिन्छ भन्ने छैन । आफूमा जाँगर र मेहनत भयो भने घरको छतमा तरकारी लगाएर राम्रो उत्पादन गर्न सकिन्छ । पाल्पा रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार बस्ने बिन्दु श्रेष्ठले घरको छतभरि विभिन्न जातका तरकारी लगाएर हरियाली बनाएका छन् ।

छतमा तरकारी खेती गर्न थालेपछि उहाँलाई बिहान साँझ तरकारी किन्नका लागि पैसा खर्चनु परेको छैन । “घरको छतमा तरकारी खेती गर्न थालेपछि साँझ बिहान के तरकारी पकाउने भन्ने पिरलो छैन, बजारमा तरकारी किन्न छाडेको दुई तीन वर्ष भयो, घरकै उत्पादनले पुगिरहेको छ”, उनले भने ।

श्रेष्ठले घरको छत पूरै तरकारी खेतीले ढाकेका छन् । उनलाई तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, रेखदेख गर्ने गर्दैमा दिन बितेको पत्तो छैन । घरमा पुग्ने आफन्त छिमेकीलाई पनि तरकारी कोशेलीका रुपमा दिने गर्छन् ।

पुष्पा श्रेष्ठले पनि १०÷१२ वर्षदेखि घरको छतमा क्यारी बनाएर तरकारी खेती गर्दै आएका छन् । पहिला तरकारी खरिदमा उनलाई दैनिक १५० रकम खर्चनुपथ्र्यो तर अहिले भने आफैँले छतमा उत्पादन गरी बिहान साँझ घरलाई खान पु¥याउछन् ।

“दिनहुँ तरकारीमै १५० रकम खर्चनुपथ्र्यो, बजारमा आएका विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा पनि असर गर्ने, अहिले त तरकारी किन्ने पैसा बचत भएको छ, आफैँले फलाएको स्वस्थ्य तरकारी खान पाइएको छ”, श्रेष्ठले अनुभव सुनाए ।

आफूमा जाँगर भयो भने कम मेहनतमा पनि घरको छतमा या कौसीमा तरकारी लगाएर तरकारी किन्ने पैसा बचत गर्न सकिन्छ । काठमाडौं पोखरा लगायतका विभिन्न बजारका घरको छतमा तरकारी लगाएको देखेपछि ३० हजारको लगानीमा क्यारी बनाएर तरकारी लगाउन थालेको सूर्यप्रसाद श्रेष्ठले बताए ।

उनको घरको छतमा अहिले साग, मुला, धनियाँ, सिमी, काउलीलगायतका विभिन्न जातका तरकारी छन् । तरकारीमा मलका लागि स्थानीय जातका कुखुरा पनि पालेका छन् । मौसमअनुसारका विभिन्न जातका तरकारी उत्पादन गरी घरलाई खान पुग्ने भएपछि बेझाड बजारका नागरिकले घरको छतमा क्यारी बनाएर तरकारी लगाउन थालेका हुन् ।

घरका छतमा गमला, क्यारी, बोरामा तरकारी लगाएर हरियाली बनाउने गरेका छन् । तरकारी खरिदमा पैसा खर्च गर्नु नपर्ने आफैँले घरमा विषादीरहित उत्पादन गरिएको तरकारीले स्वास्थ्यलाई फाइदा हुने भएपछि अहिले घरको छतमै तरकारी लगाउनेको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका