सुनको मूल्य तोलामा ५ सयले बढ्यो



काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेर प्रतितोला ७५ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७५ हजार २०० कायम गरिएको छ ।

यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्