कोरोना रोकथाम : उच्चस्तरीय समितिको बैठक साँझ बस्दै



काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक आज (शनिबार) साँझ ५ बजे बस्ने भएको छ ।

विश्वभर महामारीको रूप लिएको भाइरसको संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार बैठक ५ बजे बस्दैछ । यसअघि सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ ।

प्रेस संयोजक केसीले यो अवस्थामा कसरी अगाडि बढ्ने विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्