जब बझाङ्गीले १० वर्षपछि जहाज देख्न पाए



काठमाडाैं : १० वर्षपछि बझाङमा घटस्थापनाकै दिन नेपाल एयरलाइन्सले परिक्षण उडान गरेकाे छ । १७ सिट क्षमताकाे नेपाल एयरलाइन्सकाे 9N-AKU साइन कलकाे ट्वीअटरल १२: ४५ मा बझाङकाे देवल विमानस्थलमा ल्याण्ड भएकाे हाे । दुर्इ जना चालक दलका सदस्यसहित ६ जना बाेकेर १२ :२४ मा नेपालगञ्जबाट उडेकाे उक्त जहाज २१ मिनेट लगाएर १२:५ बजे बझाङ ल्याण्ड भएकाे थियाे ।

 

विमानस्थलमा चालक दलका सदस्य नुरी शेर्पा र महेशराज पाण्डेयलार्इ बझाङबासी भव्य स्वागत गरेका छन् । झण्डै १० वर्षपछि देवल विमानस्थलमा जहाज देख्न पाउँदा बझाङबासीमा खुसीयाली छाएकाे छ ।

 

याे परिक्षण उडान भएकाले यसबाट नियमित उडान हुने नहुने यकिन गर्न नसकिने सांसद अाशा बिकले बताइन् । उनले पटक-पटक संसदमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलार्इ भेटेर बझाङमा जहाजकाे अपरिहार्यता रहेकाे बाेध गराएकी थिइन् । बझाङमा यातायातकाे व्यवस्था भएपनि सडककाे दुराअवस्था हुँदा यात्रुहरुले निकै समस्या झेल्दै अाएका छन् ।

 

बझाङमा नियमित उडान भर्न रिपाेर्ट तयार हुने र रिपाेर्टले सहज-असहज र यात्रुकाे माग अनुसार उडान भरिने भएकाे छ । यदि याे अवस्थामा उडान सम्भव नभए धावनमार्ग कालाेपत्रे गरेर मात्र नियमित उडान भरिने नागरिक उड्यन मन्त्रालयले जनाएकाे छ । धावनमार्ग कालेपत्रेका लागि ठेक्का सम्झाैता भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्