तस्वीरमा कोरोना त्रास : सुनसान काठमाडौं



काठमाडौं : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९) अहिले विश्वका १ सय ८६ देशमा पुगिसकेको छ । यसले विश्वलाई चिन्तित बनाएको त छदै छ नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विश्व यसबाट ग्रसित बनेको छ ।

त्यसोत कोरोनाको त्रास र सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएको छ । काठमाडौंको बसपार्क, एयरपोर्टदेखि काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, स्वयम्भूलगायतका क्षेत्र विगत केही समयदेखि सुनसान भएको छ । साथै जसो भिडभाड हुने बौद्ध समेत यतिखेर सुनसान भएको छ ।

यसैगरी सिभिल मल, सिटी सेन्टर, असन, लबिम मल, छाया सेन्टर, बिशाल बजार, केएर टावर, वर्ल्ड ट्रेड सेन्टर, कान्तिपुर मल, आइप्लेक्स मललगायत ठूलो सपिङ सेन्टर र मलहरु खाली देखिएको छ ।

सरकारले कोरोना रोकथाम र यसको संक्रमण रोक्न विभिन्न निर्णयहरु गरेसँगै १५ बुँदे अपिल जारी गरेको । योसँगै काठमाडौं बाहिरिनेको संख्या बढ्दै गएको छ । शक्षिक संस्थाका पठनपाठन बन्द छ भने आज (आइतबार)देखि सरकारी र निजी सम्पूर्ण कार्यालयहरु बन्द भएको छ ।

त्यसोत गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र जनताको नाममा विशेष सम्बोधन गर्दै लामो दूरीको सार्वजनिक यातायात सेवा (चैत १० गते) अर्थात सोमबारदेखि सञ्चालनमा रोक लगाएका छन् । यसले गर्दा काठमाडौं उत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको छ ।

त्यससँगै सरकारले ठूलाठूला कार्यक्रम, सभा, गोष्ठी र ठूला जमघटका कार्यक्रम नगर्न आग्रह गरेसँगै प्रहरीले सडक पेटिमा व्यवसाय गर्दै आएकाहरुलाई हटाउन शुरु गरेको छ ।

विनोद थापाले यसरी कैद गरे काठमाडौं उपत्यकाको सुनसना सडक
हेनुर्होस् तस्वीरमा
:-

प्रतिक्रिया दिनुहोस्