रियल मड्रिडका पूर्वअध्यक्ष सान्जाको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जा सान्जाको ज्यान गएको छ । गत बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारकै क्रममा हिजो (शनिबार) निधन भएको हो ।

लोरेन्जोको छोरा फर्नान्डोले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ । यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’

लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्