कोरोना संक्रमण १ सय ८६ देशमा, विश्वमा करिब १३ हजारको मृत्यु, तीन लाख बढी संक्रमित



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट हालसम्म विश्वभरी मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७३ जनाले ज्यान गुमाइसकेका भने विश्वभर तीन लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार कुल संक्रमित संख्याको चार प्रतिशत मृत्यु भएको छ । साथै ९६ प्रतिशत निको भएका छन् ।

हाल यो भाइरस १ सय ८६ देश पुगिसकेको छ । यसले विश्वलाई चिन्तित बनाएको छ ।

चीन बाहिर १० हजारभन्दा बढी मानिसमा कोरोनाभाइरसको संक्रमण हुने देशहरुमा इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्त हुन् । पछिल्लो समय चीनपछि कोरोनाभाइरस संक्रमणले युरोपको इटाली सबैभन्दा बढी प्रभावित भएको छ ।

चीनपछि इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।

त्यसोत कोरोनाभाइरसको संक्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

चीनबाट शुरु भएको कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर, उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा संक्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्