रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ



काठमाडौँ : प्रहरीले रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा नुवाकोट ओखरपौवा–६का ३९ वर्षीय राजु तामाङ,ललितपुर–१२ सौगलका ७२ वर्षीय ज्ञान गोविन्द वैध र सिन्धुपाल्चोकको जुगल गाउपालिका–६का ४४ वर्षीय जगतबहादुर श्रेष्ठ छन्। उनीहरुको साथबाट प्रहरीले ७४ थान नेपाली राहदानी,चार लाख ३० हजारसहित विभिन्न बैंकका भौचर तथा एटीएम समेत बरामद गरेको छ।

रसियास्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि फर्ममा कामदारहरुको माग भएको र दैनिक १० घन्टा काम गरेबापत् मासिक एक हजार अमेरिकन डलर सहित खानबस्ने सुविधा रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट एड्भान्स भन्दै पैसा लिने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

 

प्रतिक्रिया दिनुहोस्