युभेन्ट्सका फरवार्ड डिबालालाई पनि कोरोनाको संक्रमण



काठमाडौं : युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण भएको छ। अर्जेन्टिनाका फरवार्ड डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको हो ।

डिबालाले सामाजिक संजाल इन्स्टाग्रामबाट आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका हुन् । तर, डिबालाले आफुहरुको स्वास्थ्य ठिक रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्