कोरोनाबारे दलित समूदायलाई सचेत गराउँदै युवा नेता सरार्फ



वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाको दलित बस्तिका बासिन्दालाई कोरोनाभाइरसको बारेमा सचेत गराइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले हिजो (शनिबार) सो दलित बस्तिका बासिन्दालाई निःशुल्क मास्क वितरण गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गरे ।

नगवाको दलित बस्तिमा शुरु गरिएको मास्क वितरण तथा सचेतना कार्यक्रमलाई ग्रामिण क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले बताए ।

सरकारले २५ जनाभन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोलि सबै स्थानियको घरघरमा पुगेर मास्क वितरणका साथै कोरोनाभाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पूर्व तयारीको बारेमा जानकारी गराइएको किसन सर्राफले बताए ।

युवा नेता सन्ज्य पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतको टोलिले स्थानियलाई सजग अपनाएर नियमित कामकारवाही गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्