आवश्यक परे एन्फाले आफ्ना भौतिक संरचनालाई क्वारेन्टाइन बनाउने दिने



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना भौतिक संरचनाहरुलाई अस्थाई क्वारेन्टाईन र आइसुलेसनको रुपमा प्रयोग गर्न दिने बताएको छ।

एन्फाले विज्ञप्ति जारी गरी ललितपुरको एन्फा कम्प्लेक्स होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी गराएको छ ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्