विस्फोटक पदार्थ पड्किदा एकजनाको मृत्यु



धनगढी : कैलालीको गोदावरी नगरपालिका–४ मा विस्फोटक पदार्थ पड्किदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार गोदावरी नगरपालिका फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो ।

विकले घर नजिकै भेटेको फलाम जस्तो वस्तुलाई चलाउन खोज्दा पड्किएर मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्