नयाँ संहिताले अफ्ठ्यारोमा पारेको भन्दै चालकद्वारा सवारी बन्द



जनकपुरधाम : चालकहरूको आन्दोलनका कारण जनकपुरधामबाट छुट्ने लामो तथा छोटो दूरीका यातायातका साधनहरु चल्न सकेका छैनन् । सवारी बन्द भएपछि सर्वसाधारणहरुलाई आवतजावतमा समस्या भएको छ । 

 

नयाँ मुलुकी संहितामामा व्यवस्था भएका नियमले गाडी चालकलाई सजाय दिएको जस्तै भएकाले त्यसको विरोधमा गाडी चालकहरू बाध्य भएर आज आन्दोलनमा जानुपरेको उनीहरूले बताएका छन् ।

 

बस व्ययसायी मजदुर संगठनका केन्द्रीय नेता रामनरेशसिंह बाबुसाहेबका अनुसार नयाँ संहिताले आफूहरूलाई गाडी चलाउन समस्या भएको बताए । उनले प्रतिप्रश्न गरे, ‘यस्तो अवस्थामा आयो गाडी कहाँ चलाउने ? 

 

धेरै अनावश्यक समस्याको सामना गर्नुपरेको गाडी चालकहरूले गुनासो गरेका छन् । साथै यस आन्दोलन जायज भएको पनि उनीहरूले बताएका छन् । गाडी चलाउँदा भएको दुर्घटनापछिको मृत्युले चालकलाई दस वर्षसम्मको सजाय तोकिएकोले यस नियममाथि पुनर्विचार गर्नुपर्ने चालक संघका सदस्य सरोज साहले आक्रोश व्यक्त गरे ।

 

जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले सञ्चारकर्मीको एक जिज्ञासामा भने, ‘गाडी चलाउने नै हड्तालमा उत्रिएपछि कसरी हुन्छ । ’

कुनै नियम कानुन बनाउँदा सम्बन्धित पक्षमाथि विचारै नगरी हचुवाका भरमा नियम बनाएको बन्दकर्तामध्येका एक चालकले बताए ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार प्रदर्शन गर्नेमा बस र ट्रक चालकहरु रहेका छन् । 

 

निजी सवारी साधनहरु भने निर्वाध सञ्चालमा रहेका थिए । आफूहरूको बन्द सफल होस् भन्दै जनकपुरमा चालकहरुले विभिन्न चोकमा समूह बनाएर गाडीहरुलाई रोकी किन चलाएको भन्दै सवारी आवागमनम रोक्न खोजेका एक निजी सवारी चालकले गुनासो पोखे । बन्दका कारण मंगलबार जनकपुरबाट पूर्व तथा पश्चिमतिर छुट्ने लामो र छोटो दूरीका गाडीहरू सम्पूर्ण रूपमा बन्द भएका छन् । 

 

निजी सवारी साधनहरू फाटफुट रूपमा चले पनि विभिन्न स्थानमा आन्दोलनरत चालकले सवारी आवागमनमा अवरोध गर्दै आएका छन् । भदौ ३१ गते वाट सुरु भएको जनकपुर पटना बससेवा पनि हडतालका कारण चल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्