वडाअध्यक्षले बाँडे एक हजार निःशुल्क मास्क र साबुन



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोनाभाइरसको संक्रमणबाट बच्न र यसको रोकथामका सम्बन्धि सचेतना फैलाउन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष शिवकुमार साहले एक हजार थान निःशुल्क मास्क र साबुन वितरण गरेका छन् ।

जनकपुरधाम भारत बिहार राज्यसँगको सीमाबाट केही किलोमिटरको दूरीमा मात्र रहेकोले कोरोनाको संक्रमणबाट बचाउने उद्देश्यले उनले आफ्नो वडाबासिलाई मास्क र साबुन बाँडेका हुन् ।

आज (आइतबार) दिउँसो जनकपुरधामस्थित वडा नम्बर–२ को कार्यालय परिसरमा वडाबासीहरुलाई बोलाई कोभिड–१९ को संक्रमणबाट बच्न एक हजार जनालाई उनले मास्क र साबुन वितरण गरेका हुन् ।

सर्वसाधारणमा कोरोना संक्रमणको त्रास बढिरहेको बेला सबैको स्वास्थ्यलाई ख्याल राख्दै मास्क र साबुन बाँडिएको वडाअध्यक्ष साहले बताए ।

मास्क वितरण कार्यक्रममा उनको वडा सचिव लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्