प्रविशाको नयाँ गीत ‘बतास’ सार्वजनिक



काठमाडौं : गायिका प्रविशा अधिकारी पछिल्लो समय व्यस्त गायिकामा पर्छिन् । आधुनिक गीत संगीतहरु देखि चलचित्रको पाश्र्व गायनमा समेत सक्रिय छिन् ।

उनै गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘बतास’ शीर्षकको म्युजिक भिडियो आफ्नै युट्युबबाट सार्वजनिक गरेकी छिन् । गीतमा रमेश दाहालको शब्द र कमल खनालको सङ्गीत तथा एरेन्ज रहेको छ ।

सार्वजनिक भिडियोलाई सान थापाको निर्देशन गरेका हुन् । गीतको भिडियोमा गायिका प्रविशा आफै फिचर्ड छिन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्