कोरोनाभाइरसका कारण घरमै बसेका प्रियंका र निकको यस्तो तस्बिर बाहिरियो



एजेन्सी : विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण चलचित्र क्षेत्र पनि यतिबेला सुनसान बनेको छ ।

फिल्मकर्मीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । अभिनेता तथा अभिनेत्रीहरु सामाजिक सञ्जालमार्फत जनतालाई कोरोना भाइरसको बारेमा जानकारी दिँदै आइरहेका छन् ।

यसैबीच, सामाजिक सञ्जालमा उनीहरुले आफ्नो दैनिकीको बारेमा पनि सेयर गरिरहेका छन् । यसैक्रममा प्रियंका चोपडाले पति निक जोनाससँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यतिबेला प्रियंका चोपडा न्यूयोर्कमा रहेको आफ्नो घरमा बसिरहेकी छिन् । उनले निकसँगको तस्बिरमा उनी निकको काखमा आराम गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्