ऊर्जामन्त्री पुनद्वारा माथिल्लो तामाकोशीको निरीक्षण, असारदेखि विद्युत उत्पादन


काठमाण्डौं : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइतबार निरीक्षण भ्रमण गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तामाकोशीको बाँध तथा (सिण्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा जानुभएको हो । गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ ।

२२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ ।

बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिए ।

निर्धारित समयमै काम सक्न निर्देशन
बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाइ थियो ।

परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो । काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उनले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए । सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जंगीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्टोक्ति थियो ।

उनले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे ।

‘माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ’, मन्त्री पुनले भने, ‘धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ।’ थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराए । आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री भएपछिपुनको यो तेश्रो तामाकोशी भ्रमण हो ।

मन्त्री पुनसँगै निरीक्षणमा जानुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिए । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।

मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी थिए ।

कहाँ पुग्यो तामाकोशीको काम ?
२०६५ सालबाट सुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ ।

तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । तल्लो ठाडो सुरुङमा १ सय ४७ र माथिल्लो ठाडो सुरुङमा १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिन्छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ ।

असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका

बागलुङ : कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको