अमिताभ बच्चनका जीवनका ५ गल्ती, जसले उनलाई सधैँ पछुतो गराउँछ



एजेन्सी : बलिउडमा राजा मानिएका अमिताभ बच्चनले यस्ता क्षेत्रमा लगातार ४ दशक राज गरेका थिए । १ सय ८० वटा चलचित्रमा अभिनय गरेका बच्चनका १ सय भन्दा बढि चलचित्र निकै नै सफल भएका थिए ।

तर उनले जीवनमा केहि यस्ता ठूला गल्ती गरेका छन् जसका कारण उनलाई त्यहि क्षेत्रमा, जहाँ उनले राज गरेका थिए लज्जित हुनुपरेका थियो ।

जीवनका उनका यस्ता ५ गल्ती जसले उनलाई पश्चाताप भन्दा अरु केहि दिदैन ।

१. निशब्द

यस चलचित्रमा अमिताभले निभाएको भूमिकालाई कसैले पनि मन पराएनन् र यो चलचित्र सुपर फ्लप भयो । उनले यस फिल्ममा एक विलक्षण भूमिका निभाएका थिए । एक वृद्ध पुरुषले जवान युवतीलाई मन पराएको कथाबस्तु रहेको चलचित्रमा अमिताभजस्तो अभिनेताको पाच्य कुरा थिएन । यद्यपि उनको र जयाको चुम्वन गरेको सिन धेरै मन पराइएको भएपनि यो चलचित्र फ्लप भयो ।

२. राजनीति

सन् १९८४ मा बलिउडका राजाले इलाहाबादमा ८ औँ लोकसभाको चुनाव जिते । र ३ वर्षपछि उनले उक्त पद छोडे । र चलचित्र क्षेत्रमा फेरि फर्किए । उनले भनेका छन् , उनले राजनीतिमा पस्नु जीवनको ठूलो गल्ती भएको बताएका छन् ।

३.अंजोबा

अंजोबा उनको चलचित्र जीवनको सवैभन्दा ठूलो ब्रेक डाउन थियो । चलचित्र ‘वन हजार और वन नाइट्स’ बाट प्रेरित भएर बनाइएको यो चलचित्र शशि कपूरको पहिलो चलचित्र थियो ।

४. एबीसीएल

एबीसीएल अमिताभको लोकप्रिय प्रोडक्सन कम्पनी हो । जो आफ्नो स्थापना भएपछि पैसाको अभावमा बन्द रह्यो । जसले यो प्रोडक्सन हाउसको स्थापनाको लागि आर्थिक लगानी गरेका थिए उनले फाइदा नदेखेपछि छोडेर गएका थिए जसका कारण यो बन्द भएको थियो ।

५. बूम

अधिकांश दर्शक अमिताभले यस्तो बी–ग्रेडको फिल्ममा अभिनय गरेपछि आश्चर्यमा परेका थिए । यसै चलचित्रबाट डेब्यू गरेकी कैट्रिना कैफ र अमिताभले दर्शकको मन जीत्न सफल भएनन् । भने यो चलचित्र बक्स अफिसमा फ्लप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्