एकजना नेपालीमा भेटियो कोरोना भाइरस



वीरगञ्ज : पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।

६ दिनअघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।

परिवारबाट जानकारी पाएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताएका छन् ।

परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ । भने संक्रमितलाई पटनामा आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्