अमेरिकाले पत्ता लगायो ४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधि



एजेन्सी : अमेरिकामा ४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधि पत्ता लागेको छ । उक्त प्रविधिले एक घण्टाभन्दा छोटो समयभित्रै कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउँछ ।

क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा खाद्य प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले नयाँ प्रविधि निकालेको हो ।

अब यसमार्फत आगामी साताबाट विभिन्न अस्पतालले टेस्ट सुरु गर्नेछन् । अमेरिकाको क्यालिफोर्निया अति प्रभावित सहरमध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्