काठमाडौं : तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा ३ जनाको मृत्यु भएको छ।
१३ जना घाइतेको उद्धार गरिएको र त्यस मध्ये ३ जना गम्भिर घाइते भएका छन् भने अरु सामान्य रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। पोखराबाट दाङका लागि छुटेको बस दुर्घटना भएको हो।
मृतकको सनाखत भने हुन सकेको छैन । बस सडकबाट झन्डै सय मिटर तल नदीमा खसेको जनाइएको छ । दुर्घटना भएको बसमा कति यात्रु सवार थिए भन्ने स्पष्ट नभएको बताइएको छ । अहिले उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।