वीरगन्जका एकजना व्यवसायीमा कोरोना भाइरस भएको पुष्टी (अपडेट)



वीरगन्ज : वीरगन्जका एकजना व्यवसायीमा कोरोना भाइरस भेटिए वीरगन्ज महानगरपालिका–१० आर्दशनगर निवासी ६७ बर्षिय शिव कुमार रुंगटा कोभिड १९ कोरोना भाईरस पोजिटिभ भेटिएको पुष्टी पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले गरेका हुन् ।

सांसद यादवले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन्, ‘भारत बिहार पटनाको पीएचसीएच अस्पतालमा भर्ती भएका वीरगन्ज निवासी ६७ बर्षीय शिव कुमार रुंगटाको कोरोना कोभिड– १९ पुष्टि भएको खबर छ । वीरगन्ज आर्दशनगर निवासी शिव कुमार रुंगटा खाद्यान्न व्यवसायी हुन्’ लेखेका छन् ।

म्यासेन्जरमा कुरा गर्दै सांसद यादवले भने, ‘रुंगटा व्यवसायिक कामले भारतको विभिन्न शहरमा आउने जाने गरेका थिए त्यही क्रममा उनी संक्रमित भएका हुन् । हाल उनको उपचार बिहारको पटनाको पीएचसीएच अस्पतालमा भइरहेको छ ।’

यादवले रुगंटा संक्रमित भएकोबारे पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई समेत आधिकारी जानकारी गराई सकेको र अहिले उनको सम्पूर्ण परिवारलाई घरमै आईसिलेशनमा राखिएको बताए । रुगंटाको घरमा उनका आमा बुवा, श्रीमती, छोरा, छोरी लगायत आधादर्जन भन्दा बढी छन् । पुरै परिवारलाई नै उनकै घरमा आईसिलेशनमा राखिएको उनले बताए ।

तर, यादवले रुंगटाबारे आफ्नो फेसबुकमा लेखेको स्टाटस केही घण्टामै डिलेट गरेका छन् । उनले भने, ‘आफूले स्टाटस लेखेको केहि बेरमा निरन्तर फोन आउन थालेपछि आजित भएर लेखिएको स्टाटस हटाएको छु, तर घटना यर्थात हो । रुंगटा केहि दिन पहिला विरामी परेपछि स्थानिय हस्पतालमा भर्ना भएका थिए, तर उनको यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि पटना रेफर गरिएको थियो ।

रुगंटा कोरोना संक्रमित भएकोबारे आधिकारिक पुष्टी गर्न पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की ,सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित कुमार बस्नेत र वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई निरन्तर फोन सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्