विचित्रको दुश्मनीः सलमान र जोनको बीचमा किन भयो मतभेद ?



एजेन्सी : बलिउडका दुई हस्तीहरु हुन् सलमान खान र जोन अब्राहम । दुवै अभिनेताका लाखौं फ्यानहरु रहेका छन् । तर यी दुवै अभिनेताहरुबीच सम्बन्धमा चिसो रहेको आजपनि विभिन्न सञ्चार माध्यमहरुले बताउँछन् ।

यस पछाडि एक घटना रहेको छ कि यी दुई अभिनेता बीच सम्बन्धमा कसरी चिसो पस्यो । मान्ने गरिन्छ कि सन् २००६ मा रिलिज ‘बाबुल’ फिल्मको सुटिङको क्रममा दुवैमा मतभेद रहेको थियो ।

सलमानलाई लाग्यो कि फिल्ममा जोनलाई बढी दृश्य दिइयो । यसका अलावा सलमान र जोनबीच कैटरिना कैफलाई लिएर पनि झगडा पर्यो । जहाँ सलमान ठान्दछन् कि फिल्म ‘साया’मा कैटरिनालाई अफर गरिएको थियो तर जोनले इन्टरफेयर गर्दै कैटरिनालाई फिल्मबाट हटाए ।

तर यसमा जोन बताउँछन् कि ‘साया मेरो करिअरको दोस्रो फिल्म रहेको थियो, त्यस अवस्थामा मेरो हैसियत हुँदैन कि मैले कुनै अभिनेत्रीलाई फिल्मबाट निकाल्न सक्छु । कैटरिनाले एक दिन फिल्मको सुटिङ गरिन् तर उनलाई हिन्दी नआएको कारणले निर्माताले उनलाई फिल्मबाट अलग गरेका हुन् ।

अझैपनि यी दुई कलाकारमा ‘शीत युद्ध’ जारी रहेको छ । जोन बताउँछन् कि सलमानलाई त्यस्तो के समस्या छ जसले आजसम्म पनि उनलाई राम्रो नजरले हेर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्