बलिउड अभिनेत्रीः जो खुलेआम यौन हिंसाको शिकार भए



जेन्सी : भारतमा महिलाहरुमाथि छेडछाड तथा हिंसा अत्यधिक मात्रामा हुने गरेको पाइन्छ । यो समस्या सामान्य युवतीले मात्र होइन ठूला ठूला स्टार अभिनेत्रीले समेत भोगिसकेका छन् ।

यहि समस्यालाई लिएर हलिउड अभिनेत्री जेनिफर एनिस्टन र शोन्डा रिमेस जस्ता कयौँ ए–लिस्टर्सले काम गर्ने ठाउँमा हुने यौन हिंसाको विरुद्ध अभियान समेत शुरु गरेका छन् ।

हिंसा आफैमा हिंसा नै हो जुन चाहे जुन सुकै स्थानमा किन नहोस् काममा होस् वा सबैको अगाडि । बलिउड अभिनेत्रीमाथि काम गर्ने ठाउँमा भन्दा पब्लिकमा धेरै यौन हिंसा हुने गरेको छ ।

चर्चित अभिनेत्री करीना कपूरमा माथि सन् २०१३ मा एक कार्यक्रम सकेर बाहिर आउँदै गर्दा उनीमाथि यौन जन्य हिंसाका गतिबिधि भएपछि उनलाई उनका बाउन्सर्सले सुरक्षित घर लगेका थिए ।

बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जो छेडछाडको शिकार भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्