वीरगन्जका व्यवसायी रुगंटामा कोरोना संक्रमण नभएको पुष्टि (भुलसुधार)



काठमाडौं : ‘द नेपालटप डट कम’ अनलाइन पोर्टलमा हिजो (आइतबार) प्रकाशित ‘ वीरगन्जका एकजना व्यवसायीमा कोरोना भाइरस भएको पुष्टी (अपडेट)एकजना नेपालीमा भेटियो कोरोना भाइरस ’ समाचारमा भएको त्रुटीप्रति क्षमताप्रार्थी छौं ।

वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोनाभाइरस (कोभिड–१९)संक्रमण नदेखिएको पुष्टि भएको छ । उक्त समाचारले व्यवसायी रुगंटा र उहाँको परिवारप्रति पर्न गएको समस्याप्रति द नेपालटप क्षमताप्रार्थी छौं ।

कोभिड १९ कोरोनाभाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका व्यवसायीरुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको हो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताएका थिए ।

हिजो (आइतबार) वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा स्टाट्स लेखे र त्यसलाई पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर सञ्चारमाध्यलाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको थियो । सम्पादक

Image may contain: text
प्रतिक्रिया दिनुहोस्