स्वास्थ्यचौकीलाई जग्गा दान



म्याग्दी : धौलागिरि गाउँपालिका–७ ताकमका रेशमबहादुर थापाले ताकम स्वास्थ्यचौकीलाई चार रोपनी दुई आना जग्गा दान गरेका हुन । स्वास्थ्यचौकी भवनसँगै रहेको रु १२ लाख बराबरको जग्गा थापाले उपलब्ध गराएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए ।

यसअघि ताकम स्वास्थ्यचौकीसित छ रोपनी जग्गा थियो । जग्गा उपलब्ध भएपछि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्यया क्षमताको अस्पताल बनाउन सजिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तरोन्नति बनाउने स्वास्थ्य सस्थामा सो चौकी समावेश भएको छ ।

भवन निर्माण प्रक्रिया अघि बढाउन पहिलो चरणमा मापदण्डअनुसारको जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष सुवेदी जानकारी दिए । अस्पताल निर्माण भएपछि विकट क्षेत्रका बासिन्दाले सहज तथा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने भएकाले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाता थापाले बताए ।

यसैगरी धौलागिरि गाउँपालिकाको केन्द्र रहेको मुनामा पनि स्वास्थ्यचौकी भवन निर्माणको प्रक्रिया थालिएको छ । उक्त भवनको लागत रु ९४ लाख रहेको छ । भवन निर्माण गर्न ठेक्का प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्