हेलो डाक्टर हटलाइनमा सोधपुछ गर्ने क्रम बढ्दै


पोखरा : के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा नै बसेर ०६१–५२४०७४ मा फोन गर्नुहोस्, त्यहाँ तपाईंको स्वास्थ्य समस्या बुझेर आवश्यक परामर्श दिने चिकित्सकहरु बसिरहेका छन । चिकित्सकको परामर्शपछि मात्रै तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने हो, एउटा निर्णयमा पुग्नुहोस् ।

सङ्क्रमणका कारण विश्वलाई नै त्रसित बनाइरहेका अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि गण्डकी प्रदेशमा आइतबारदेखि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याइएको छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म दुईजना चिकित्सकसहित उक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । कक्ष सञ्चालनसँगै ठाउँठाउँबाट सर्वसाधारणले सोधपुछ गरी चिकित्सकीय परामर्श लिइरहेको उनले बताए ।

सङ्क्रमणको सम्भाव्य जोखिमीलाई दृष्टिगत गरी गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।

त्यस्तै मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिए । त्यस्तै स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।

निर्देशनालय अन्तर्गत प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्रवाह भइरहेको उनले जानकारी दिए । पिपिई, सानिटाइजर, मास्क, गन थर्मोमिटरलगायत सामान पर्याप्त नहुँदा भने ती स्वास्थ्य सहायता कक्षलाई अपेक्षित प्रभावकारी बनाउन नसकिएको उनले बताए । स्वास्थ्यप्रतिको सजगताका लागि सर्वसाधारण अस्पतालमा आउने क्रम भने बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको