कामपाले शुरु ग-यो स्वास्थ्य सहायता कक्ष



काठमाडौं : काठमाडौं महानगरपालकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । कोरोना (कोभिड — १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कक्ष स्थापना गरिएको विभागले जनाएको हो ।

विभागको प्रवेशद्वारमा राखिएको सहायता कक्षबाट सफाइ सम्बन्धि काम गर्ने कर्मचारीको ज्वरो मापन गर्ने, कार्यालय हातामा प्रवेश गर्नेलाई साबुनपानीले हात धुन लगाउने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने भएको छ ।

आज बिहान ५ बजेदेखि ७ बजेकाबीचमा बिभागका खटिने २०० जना कर्मचारीको ज्वरो मापन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्