बढयो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलाको ७७ हजार रुपैयाँ पुगको छ। आइतबारको तुलनामा तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको भाउमा भने फेरबदल भएको छैन। सोमबार चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्