उपभोक्ता नठग्न औषधि व्यवसायीसँग आग्रह



जनकपुरधाम : चीनबाट शुरु भई अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट बच्न र विपदको अबस्था श्रृजना हुने सम्भावनालाई मध्यनजर गरि औषधिको बिक्री वितरण गर्दा साविक मूल्य नबढाई नेपाल सरकारको प्रचलित कानूनले तोकेभन्दा बढि मूल्यमा बिक्री वितरण नगर्न नेपाल औषधि व्यवसायी संघले औषधि व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नेपाल पनि यस महामारीको उच्च जोखिममा रहेकोले यसबाट बच्न र बचाउनतर्फ आ–आफ्नो दायित्व र कर्तव्यलाई पालना गर्ने हिसाबले सम्पूर्ण औषधि व्यवसायीहरुलाई एक्यबद्ध हुन संघले आग्रह गरेको हो ।

नेपाल औषधि व्यवसायी संघले भावी दिनहरुमा श्रृजना हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै औषधि व्यवसायीहरुसँग उपलब्ध रहेका वर्तमान मौज्दातलाई कायम राखेर खुद्रा बिक्री वितरण गर्दा नियन्त्रीत रुपमा सम्बन्धित क्षेत्रहरुलाई उपलब्ध हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

साथै संघले औषधिको बिक्री वितरण गर्दा साविक मूल्य नबढाई नेपाल सरकारको प्रचलित कानूनले तोकेभन्दा बढि मूल्यमा बिक्री वितरण नगर्न सम्पूर्ण औषधि व्यवसायीहरुसँग आग्रह गरिएको नेपाल औषधि व्यवसायी संघ धनुषाका महासचिव तेजनारायण चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्