मुलुककै प्रमुख वीरगन्ज नाका बन्द, आवतजावत ठप्प (फोटोफिचर)


नरेश सर्राफ/वीरगञ्ज : नेपाल भारतको नाका आज (सोमबार)देखि बन्द गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाभाइरसबाट जोगिन आइतबार बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारतसँग जोडिएको नाकाहरु एकसाताको लागि बन्द गर्ने निर्णय गरेको थियो ।

मुलुककै प्रमुख आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज नाका दिउँसोदेखि पूर्णरुपमा बन्द गरिएको छ । बिहानदेखि दुवै देशबाट आवतजावतमा केहि सहज थियो । नेपालमा रहेका भारतीय नागरिकलाई भारततर्फ जान दिएको थियो भने, भारतमा रहेका नेपाली नागरिकलाई नेपालमा आउँन दिएको थियो ।

शंकराचार्य गेटमै स्थापना गरिएको हेल्थ डेक्समा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा स्वास्थ्य कर्मीहरुको टोलीले नेपाल प्रवेश गरेकाहरुको डिजिटल थर्मोमिटरले मापन गरेर मात्र प्रवेश गर्न दिएको थियो । बिहानदेखि गरिएको मापन दिउँसो १२ बजेसम्म ७ सय ८० जना नेपाली नागरिक भारतबाट नेपाल प्रवेश गरेको तथ्याङ्गमा उल्लेख छ ।

नाकामै पुगेर वीरगन्जका मेयर, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको प्रमुखहरुले स्थलगत अनुगमन गर्नुका साथै चेकजाँचमा खटाईएको स्वास्थ्य कर्मी देखि लिएर सुरक्षाकर्मीहरुलाई कडाईका साथ चेकजाँच गर्न निर्देशन समेत दिएका थिए ।

नेपाल भारत तर्फ आवत जावत गर्नेको भिड नै छ । तर अहिने नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाईको छ । अति आवश्यक काम परेका व्यक्तिलाई समेत प्रवेशमा स्थानिय प्रशासनले रोक लगाएको छ । शंकराचार्य गेट अगाडी मितेर पुन वारी खटेका सुरक्षाकर्मीहरुले वीरगन्ज चेकजाँच गराउँन आउँने विरामीलाई समेत प्रवेशमा रोक लगाएका छन ।

आँखाको अप्रेशन गर्न र गाईनो सम्बन्धी चेकजाँच गर्न रक्सौलबाट वीरगन्ज आउँन लागेका सुरेश प्रसाद र आफू भंसारका एजेन्ट बताउँने सुनिल कुमार कुशवाहा र उनको श्रीमतीलाई समेत सुरक्षामा खटेका नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाएका हुन । अस्पतालको काजपत्र देखाउँदा समेत सुरक्षाकर्मीहरुले नेपाली बाहेक अन्यलाई प्रवेश गर्न दिएन ।

सुरक्षा कडाईका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल तर्फ आउने मानिसहरु नाकामै घेरिएका छन । दिउँसो १२ बजेदेखि भंसार गेट अगाडी बेरियरले नै बाटो घेरिएको छ । जसले गर्दा पैदल यात्रा गर्ने यात्रुलाई समेत भारत तर्फ र भारतबाट आउँनेलाई नेपाल तर्फ प्रवेशमा रोक लगाईएको छ ।

मानिसहरुको आवतजावतमा कडाई गरिएपनि मालबाहक सवारी साधनमा भने कुनै रोकावट गरिएको छैन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवं सहायक प्रजिअ ललित बस्नेतले भने, दुवै देशका व्यक्तिलाई आवतजावतमा रोक लगाईएपनि मालबाहयक सवारी साधनलाई भने कुनै रोकावट गरिएको छैन ।

अति आवश्यक खाद्यपदार्थ लोड गरिएको सवारी साधन, पेट्रोलिय पदार्थ, तरकारी बोकेको गाडी वा अन्य मालबाहक सवारी साधनमा कुनै प्रकारको रोक नलगाएको उनले बताए । यसअघि पर्सा र बारा जिल्लाका छोटी भंसारका नाकाहरु पूर्णरुपमा शिल्ड गरिएको थियो ।

छिमेकी राष्ट्र भारतमा पनि भारत सरकारले समेत लाँक डाउँन गरेका कारण सिमावर्ती शहर रक्सौल प्रभावित भएको छ । त्यहाँका प्रशासनले समेत सुरक्षा व्यवस्थामा कडाई गरेको छ । सिमामा आउँने जानेलाई कडाईका साथ चेकजाँच गरिरहेको छ । अति आवश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

लाँक डाउँनको क्रममा निजी प्रतिष्ठान, निजि कार्यालय, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ भने, अति आवश्यक मानिने निजि क्षेत्रमा कार्यरत चिकित्सा सेवा, दुरसञ्चार सेवा, बैकिङ्ग कारोबार, खाद्यान्न, तरकारी, औषधी पसल, पेट्रोलिय पदार्थ, ग्यास लगायत वस्तुको विक्री वितरणमा रोक लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति