के मास्क लगाउँदा मात्रै कारोना भाइरसबाट बँच्न सम्भव छ ?



एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट विश्वभरी १८६ वटा देश संक्रमणको सिकार भइसकेको छ । यसैगरी, संसारभरी करिब १४, ६०० जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोभिड–१९ बाट ३६० भन्दा बढी संक्रमित भइसकेका छन् । भने सात जनाको मृत्यु भइसकेको छ । भने २३ जना पूरै निको भइसकेका छन् ।

इता, नेपालमा पनि सोमबार बिहान एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन सबैलाई घरबाट बाहिर ननिस्कन सल्लाह दिइएको छ । अत्यावश्यक काम बाहेक सरकारले बाहिर नजान सल्लाह दिएको छ । भारतमा ३१ मार्चसम्म २२ राज्यका ७५ जिल्लामा लकडाउन गरिएको छ भने नेपालमा उडान, लामो दूरीको यातायात बन्द गर्नुका साथै अत्यावश्यक कामबाहेक अन्य कामहरु स्थगित गरिएको छ ।

सावधानीका लागि नियमित सरसफाईमा ध्यान दिन र नियमित रुपमा साबुन पानीले हात धुन, मास्क लगाउन, भीडभाडमा नजान, एक अर्का नयाँ व्यक्तिसँग सम्पर्कमा नजान अनुरोध गरिएको छ ।

यसैबीच यो सवाल उठिरहेको छ कि के मास्क लगाउँदा मात्रै कारोना भाइरसबाट बच्न सम्भव छ ? वा मास्क लगाउन सुरक्षित छ ?

तर, जति सजिलो यो प्रश्न छ त्यति नै सजिलो जवाफ भने छैन ।

थुप्रै देशहरु जस्तै कि ब्रिटेन, अमेरिका, सिंगापुरमा जनतालाई बिरामी वा संक्रमित नभएको खण्डमा मास्क नलगाउन सल्लाह दिइएको छ ।

यो सल्लाह विश्व स्वास्थ्य संगठनको आधारमा दिइएको हो । त्यसैले पनि हुनसक्छ उक्त देशका सडकमा मानिसहरु कम मात्रै मास्क लगाएर हिँडिरहेका भेटिन्छन् ।

तर, चीन, हङकङ, ताइवान, दक्षिण कोरिया र जापान जस्ता देशहरुमा भने मास्क लगाउनु संस्कार नै जस्तै बनिसकेको छ । र ध्यान दिएर हेर्नुहुन्छ भने धेरैजस्तो मानिसहरु मास्क लगाएर हिँडिरहेका भेटिन्छन् ।

जो मास्क लगाइरहेका छन् उनीहरुको भनाई मास्क लगाउनु निकै जरुरी रहेको भन्ने रहेको छ । उनीहरुले भाइरस स्वस्थ देखिने व्यक्तिमा पनि हुनसक्ने बताएका छन् । स्वस्थ व्यक्तिहरुले मास्क लगाउँदा विश्वभरी मास्कको कमी भइरहेको छ ।

यद्यपि, मास्क लगाउने कि नलगाउने भन्ने विषय विवादास्पद हुँदै आएको मुद्दा हो । कतिपय देशहरुमा मास्क लगाउने व्यक्तिहरुमा पनि संक्रमण भेटिएको छ ।

यसैबीच, चीन र दक्षिण कोरियामा मास्क नलगाउनुलाई गलत मानिन्छ । यी देशको कतिपय ठाउँमा विनामास्क प्रवेश निषेध गरिएको छ ।

तर विश्व स्वास्थ्य संगठनका अनुसार मास्क कहिले लगाउने ?
–यदि तपाईं स्वस्थ हुनुहुन्छ भने तपाईंलाई मास्क लगाउन जरुरी छैन । कोरोना संक्रमित व्यक्तिको हेरचाह गर्दा भने मास्क लगाउन जरुरी छ ।

–तपाईंलाई चिसो लागिरहेको छ र खोकी लागिरहेको छ भने मास्क लगाउन आवश्यक छ ।

–मास्क लगाउनु मात्रै सुरक्षित हुदैन । मास्क लगाउनुले मात्रै सुरक्षित भइँदैन । सुरक्षित रहनको लागि बारम्बार साबुन पानीले हात सफा गर्नुपर्छ । साथै, सेनेटाइजर पनि प्रयोग गर्नुपर्छ ।

कसरी प्रयोग गर्ने मास्क ?
मास्क लगाउनुअघि साबुन पानीले हात धुने गर्नुपर्छ । एल्कोहल बेस्ड सेनेटाइजर वा साबुनपानीले हात सफ गर्नुपर्छ ।

मुख र नाक दुवै ढाकिने गरी मास्क लगाउनुपर्छ । मास्क लगाउँदा मुख र नाकको बीचमा कुनै पनि प्रकारको प्वाल हुँनुहुँदैन ।

मास्क लगाउने समयमा मास्क छुनहुँदैन । मास्क लगाउँदा मास्कमा भएको बेल्टको सहायताले मास्क लगाउनुपर्छ ।

सकेसम्म छिटोभन्दा छिटो मास्क परिवर्तन गर्नुपर्छ ।

मास्क फुकाल्नुअघि मास्कको पछाडि भागबाट निकाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्