हिरा लुटेको अभियोगमा असई र पत्रकारसहित तीन प्रहरी पक्राउ


मकवानपुर : मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा हेर्न मागेको र मोलमोलाइ गरेको जस्तै गरी पेस्तोल देखाएर लुटपाट गरी भागेको उनीहरुलाई आरोप लागेको छ ।

आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने वर्ष २६ का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने वर्ष २७ का प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने वर्ष २८ का प्रहरी जवान हिमकान्त पुन मगरलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ६१।३० क्यारेटको बहुमूल्य पत्थर हिरा १२।२६० ग्राम एक थान, गोलीलोड भएको म्याग्जिनसहितको चाइनिज पेस्तोल एक थान, विभिन्न कम्पनीका वाकीटकी सेट चार थान, क्यामरा एक थान, मेटल डिटेक्टर दुई थान, मोबाइल छ थान, ल्यापटप एक थान, वन्यजन्तुको सिङजस्तो देखिने वस्तु एक थान र लुटपाट गरी भाग्न प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नंको कार बरामद गरेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका

बागलुङ : कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको