गुल्मी पनि ‘लकडाउन’



काठमाडौं : विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न गुल्मी जिल्ला पनि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारी साधन र मोटरसाइकल पनि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरूपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्