प्लेनमा एक जना यात्रुले हाँछियु गर्दा इमरजेन्सी ढोकाबाट भागे पाइलट



एजेन्सी : विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । यसको असर यसरी आम मानिसको दिमागमा बसिसकेको छ कि एउटा प्लेन एक जना यात्रुले हाँछ्यु गर्दा प्लेनका पाइलट ककपिट (इमरजेन्सी ढोका) बाट बाहिर हाम फालेर भागेका छन् ।

यो घटना एयर एसिया इण्डियाको पणे दिल्ली प्लेन आइफाइभ ७३२ मा भएको घटना हो । प्लेनमा एक जना कोरोना भाइरस संक्रमति रहेको हल्ला चलेको थियो । त्यही क्रममा एक जना यात्रुलाई हाँछियु आयो र उनले हाँछियु गरे ।

यसको खबर पाउने बित्तिकै जब प्लेन ल्याण्डिङ भयो तब पाइलट इमरजेन्सी ढोकाबाट हाम फाल्दै ओर्लिएका थिए ।

सामान्य रुपमा पाइलटले अन्य आम यात्रु झनै साझा ढोका प्रयोग गर्छन् ।

तर, जब प्लेनको पहिलो पक्तिमा ती व्यक्ति रहेको कुरा थाहा पाए तब उनले ककपिटको प्रयोग गर्दै ओर्लिए । प्लेनमा भएको तनावको स्थिति नियन्त्रणमा लिन धेरै समय लागेको थियो । अन्ततः अन्य यात्रुलाई सुरक्षित साथ बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्