डोटीमा भोलिदेखि कर्फ्यू



डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ । निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्