आफ्नै घरमा काम गर्ने महिलासँग यौनसम्बन्ध राख्ने बलिउड कलाकार



एजेन्सी : बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे ।

करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए ।

उनलाई बलात्कारको मुद्धा लागेको थियो । साइनले अदालतमा आपसी समझदारीमा नोकरानीसँग सेक्स रिलेशन राखेको स्वीकारेका थिए । उनले विल पाउनका लागि नोकरानीको डाक्टर रिर्पोटमा मध्यनजर गर्न समेत भनेका थिए ।

नोकरानीको शरिरमा कुनै घाउ खरोच नभएका कारण पनि सहमतिमा यौन सम्बन्ध रहेको उनको दाबी थियो । तर ललाई फकाई लोभ देखाएका कारण यौन सम्बन्ध गरेको र यो बलात्कार भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो ।

सानो कुरामा पनि भड्की हाल्ने कलाकार हुन् आदित्य पञ्चोली । कुनै समय पुजा बेदीसँगको अफयेरले चर्चामा रहेका पञ्चोली १५ वर्षे केटीसँग यौन सम्बन्ध बनाएका थिए ।

उनले ति केटीलाई हिरोइन बनाइदिन्छु भन्दै सेक्स रिलेशन राखेको थिए ।

आपसी समझदारीमा सेक्स रिलेशन राखे पनि केटी बालिक भएका कारण बलात्कारको मुद्धा उनलाई लागेको थियो । यसपछि पुजा बेदीले उनलाई छोडिदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्