सीमामा अलपत्र नेपालीलाई आउन दिन सरकारको निर्देशन



काठमाडौं : सरकारले भारत र चीनसँगको सीमामा आएर अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न अनुमति दिने भएको छ। तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन । भारतबाट आउने नेपालीहरु सीमामा आएर अड्किएपछि सरकारले उक्त निर्णय गरेको हो।

सीमामा रहेका नेपालीहरु स्वदेश फर्किएपछि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्