एक साता लकडाउन नेपाल : कोरोनाविरुद्ध विश्वको १ सय ९४ देशसँगै संघर्षमा नेपाल


काठमाडौं : सरकारले आज (मंगलबार)बाट आगामी साता चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । हिजो(सोमबार) फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोनाभाइर (कोभिड–१९)को संक्रमण देखिएपछि सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय हो ।

यसैलाई मध्यजनर गर्दै सरकारले देशै लकडाउन गरेको छ । आज बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेम्मि लकडाउन गर्ने निर्णय गरेसँगै अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउनेछैनन् ।

त्यसोत यो निर्णय सरकारले आइतबारको मन्त्रिपरिषदको बैठकबाटै गरेको र उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यसको सार्वजनिकीकरण गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार राति जानकारी दिए ।

कोरोना संक्रमण फैलने सम्भावना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोेग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय दिइएको अर्थमन्त्री खतिवडाले बताए ।

लकडाउन शुरु भएपछि अब औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यढावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाइने छैन । त्यस्तै अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय सरकारले गरेको छ ।

त्यसोत सरकराले विभिन्न सरकरले कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजरगर्दै विभिन्न ८ वटा निर्णय गरेको छ ।

निर्णयमा सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने उल्लेख छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने पनि समितिको निर्णयमा उल्लेख छ ।

व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने तर अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा सहयोग गर्ने निर्णय पनि समितिले गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी सरकारले यस्तो निर्णय गरेको हो । ऐनको दफा २ मा संक्रामक रोग नियन्त्रणका लागि विशेष व्यवस्था गर्नेसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ मा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने र सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने’ व्यवस्था छ ।

त्यस्तै, उपदफा २ मा नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा उपदफा १ र २ को व्यवस्थाको प्रतिकूल नहुने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीसाधनबाट लगिने वा ल्याइने, सफर गर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशु, पक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेको छ भन्ने शंका लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन–लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नका लागि आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ । ऐनको व्यवस्था उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यता गृह मन्त्रालयले सुरक्षा चुनौती देखिए देशमा कर्फ्यु लगाइने बताएको छ । सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ । कर्फ्यु स्थानीय प्रशासन ऐनअनुसार सिडिओ नेतृत्वको जिल्ला सुरक्षा समितिले लगाउन सक्छ । त्यस्तै संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले लकडाउनको निर्णय गर्दछ । हाल सोही ऐनअनुसार लकडाउनको निर्णय भएको हो ।

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइर हालसम्म १ सय ९४ देश फैलिसकेको छ । यसको लडाइमा अब नेपाल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति