मनकारी किसान : बेच्न राखेको तरकारी सित्तैमा बाँडे (फोटोफिचर)



भक्तपुर – सरकारले आजैदेखि लकडाउनु गरेर सबै क्षेत्र बन्द गरिरहँदा भक्तपुर नगदेशका मनकारी किसानहरूले भने बिहान सितैमा तरकारी बाँडेर मानवता देखाएका छन् ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि १८ गते सम्म लकडाउन गर्ने निर्णय गरेसँगै बजारमा तरकारी अभाव देखिएपछि मध्यपुर नगदेशका किसानहरुले निःशुल्क तरकारी वितरण गरेका हुन् ।

विश्वभर कोरोनाको संकटका कारण देश नै लकडाउन भइरहँदा केही व्यापारीहरू कालोबजारी गर्नतिर लागेका छन् । तर यो परिस्थितिमा नगदेशका मनकारी किसानहरुले नि:शुल्क तरकारी वितरण गरेको काम सराहनीय भएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्