पूर्वी काकरभिट्टा र बिर्तामोड पूर्णरुपमा लकडाउन (फोटोफिचर)



काठमाडौं : सरकारले कोरोनाभइरस (कोभिड–१९)को संक्रमण फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आज (मंगलबार) बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म देशै लकडाउन गरेको छ ।

कोरोनाको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लकडाउन नीति सफल हुने देखिएको छ । सरकारले काठमाडौं उपत्यकासहित देशभरका मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने निर्णयलाई जनताले स्वीकार गरेका छन् ।

आज बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन ।

यसैगरी उपत्यका बाहिरको अवस्थापनि उस्तै छ । प्रदेश १ को झापा ,काकरभिट्टा, मुक्ति चोक, बिर्तामोड बसपार्क र केचना बोर्डरमा पनि लकडाउनको प्रभाव पूर्णरुपमा परेको छ ।

मानिसहरु घरमै बसिरहेका छन् भने अत्यआवश्यक सवारीसाधन बाहेक अरु चल्न दिइएको छैन ।

देशको अहिलेको अवस्था हेर्दा कर्फ्यु लागेको जस्तै देखिएको छ ।

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कर्फ्युको जस्तै देखिएको छ ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।

प्रहरीले माईकिङबाट सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेका छन् भने सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

तस्वीर : दिपक सिलवाल (झापा)

प्रतिक्रिया दिनुहोस्