लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ



भरतपुर : चितवन प्रहरीले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको एक हप्ते लकडाउन उल्लंघन गर्ने १० जनालाई पक्राउ गरेको छ ।

लक डाउन उल्लघंन गर्दै सडकमा निस्किएका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विना काम सडकमा निस्किएकोलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ।

तर लकडाउनको प्रवाह नगरी मानिसहरु सडकमा निस्किन थालेपछि प्रहरीले धरपकड थालेको हो। मानिसहरु रमिता हेर्न भन्दै सडकमा निस्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस्