कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी



चितवन : कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेगा अस्पतालमा उपचाररत ३० वर्षीय युवकको आज (मंगलबार) बिहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका युवकको मृत्यु भएको हो ।

अहिले उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

अस्पताल स्रोतकका अनुसार उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको भएपनि आज मंगलबार बिहान विमानबाट मात्र पठाइएको जनाएको छ ।

उनको स्वाबको रिपोर्ट आएपछि मात्र उनको निधन हुनेको कारण पत्ता लागग्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्