कोरोना भाइरस उपचार कोषमा नेकपा र काँग्रेसका संघीय सांसदले १५ दिनको तलव जम्मा गर्ने



काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसका संघीय सांसदहरुले १५ दिन बराबरको तलव रकम जम्मा गर्ने भएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन बराबरको तलव कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले पनि काँग्रेसका सांदहरुले १५ दिन बारबारको तलव कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्