कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ



पोखरा : कोरोना भाइरसबारे भ्रम फैलाउने क्रिस्चियन पास्टर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाएका आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेका हो ।

पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

कोरोनाको संन्त्रासमा प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले यशुको अनुयायीलाई काेरोना भाइरसले नछुने प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्