एक साता सुनचाँदीको बजार मूल्य नतोक्ने : महासंघ



काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साता सुनचाँदीको बजार मूल्य नतोक्ने भएको छ । सरकारले देशैभर लकडाउन गरेसँगै एक साताका लागि सुनचाँदीको बजार मुल्य तोक्ने कार्य स्थगन गरेको जनाएको छ ।

लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको महासंघले जनाएको छ ।

महासंघले सरकारको लकडाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए ।

सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्