कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवक मृगौला विरामी (विज्ञप्तिसहित)



काठमाडौं : भारतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवा मृगौलाका विरामी भएको अस्पतालले जनाएको छ । आज (मंगलबार) विहान उपचारका क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका –२२ जगन्नाथपुरका ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाकै कारण मृत्यु नभएको अस्पतालले बताएको छ ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै यादव एक वर्षदेखि मृगौलाका बिरामी रहेको र पछिल्लो समय निमोनियाको पनि लक्षण देखिएका जनाएका छन् ।
युवाको कोरोना जाँचका लागि नमुन संकलन गरेर मंगलबार मात्रै विमानबाट केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको विज्ञप्तिमा लेखिएको छ । तर, उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ ।

कोरोना परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले अहिले नै मृत्युको कारण एकीन गर्न नसकिने अधिकारीले बताए ।

यादवलाई चितवन मेडिकल कलेजबाट केही दिनअघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो । मृगौलाका बिरामी ती युवक एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा रहेको खुलेको छ ।

यसपटक ज्वरो र खोकी पनि देखिएपछि उनलाई मेडिकल कलेजले कोरोनाको लक्षण देखिएको भन्दै भरतपुर अस्पतालमा रिफर गरेको थियो । एक दिन भरतपुर अस्पतालको जनरल वार्डमा राखिएपछि सोमबार राति कोराना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

मृत युवकोको रिपोर्ट नआएसम्म उनको शव अस्पतालमै रहने अस्पतालका प्रवक्ता अधिकारीले जनाएका छन् भने उनका आफन्तलाई अस्पतालको निगरानीमा राखेको छ ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्