वीरगन्जमा समाजिक अभियानमा लागेकी महिलाले कुटिन् आफ्नै आमा


वीरगन्ज : वीरगन्जका एक समाजिक संस्थाकी अध्यक्षले आफ्नै आमालाई निर्घात कुटपिट गरी घाइते बनाएको घटना सार्वजनिक भएको छ । वीरगन्ज १०, आदर्शनगर निवासी शैली चौधरीले आफ्नै सौतेनी आमालाई रगत वग्ने गरी निर्घात कुटपिट गरि घाइते बनाएकी हुन् ।

शैलीको कुटपिटले आमा अंजु चौधरीको टाउको समेत फुटेको छ । सोमबार सांझ ७ बजे आफ्नै भन्सा घरमा आमा छोरी बिच विवाद भएको थियो । विवाद कै क्रममा छोरी शैलीले चिया बनाउने भाँडो आफ्नो टाउकोमा प्रहार गर्दा टाउको फुटेको आमा अंजुले बताइन् ।

उनले छोरी शैलीको कुटपिटले आफु घाइते भए पनि श्रीमान् अशोक अग्रवाल उर्फ अशोक चौधरी आए पछि उनीपनि आफूमाथि जंगिदै कुटपिट गरेको आरोप लगाइन ।

उनका अनुसार सो घटना बारे आफ्नो छोरा अमन चौधरीले प्रहरीलाई जानकारी गराउँदा प्रहरीले दुबै जनालाई पक्राउ समेत गरेको थियो । तर पछि प्रहरीमाथी विभिन्न व्यक्तिबाट घटना दबाउन दबाव पुगे पछि उनीहरुलाई राती नै छाडि दिएको छ ।

शैली र अशोकले ज्यान मार्ने उदेश्यले नै आफूमाथि निर्घात कुटटिप गरेको अंजुको आरोप छ । २ बर्ष देखी नै श्रीमान् अशोक र छोरी शैलीले हिंसा गर्दै आएको छ, उनले भनिन्, घरबाट निकाल्नको दुबै जनाले विभिन्न वहानामा आफूमाथि शारिरीक तथा मानसिक यातना दिँदै आएका छन ।

बिश्व सहितको मुलुक नै कोरोना भाइरस संक्रमणका कारण अप्ठ्यारोमा परेको बेला एक समाजिक संस्थाकी अध्यक्षबाट नै आफ्नो आमाको टाउको फुटाउनु घटना वीरगंन्जमा चर्चाको बिषय बनेको छ । तर यसलाई दबाउन विभिन्न समाजिक अभियन्तादेखी राजनीतिक व्यक्ति समेत लागेका छन् ।

शैली सांस्कृतिक नामक समाजिक संस्थाकी अध्यक्ष हुन् । उनी आफुलाई महिला अधिकारकर्मी समेत भन्ने गर्छिन । महिला हिंसा देखि लिएर दहेज प्रथा विरुद्ध अभियान चलाउँनुका साथै महानगरको विभिन्न सार्वजनिक स्थलमा जनचेतना मुलक चित्र समेत प्रकाशित उनको टिमले गरेको छ ।

शौतेनी आमा र छोरी विच घरायसी विवाद हुदाँ कुटापिट भएको हो, पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी विरेन्द्र बहादुर शाहीले भने, पिडित पक्षले जाहेरी लिएर आएका थिए महिला सेलले हेर्दैछ । दुवै पक्ष नै यहाँ आएका छन, घरायसी समस्या भएकोले एकआपसमा मिले मिल्छ नमिले कानुनी प्रकृयामा अगाडी बढ्छौ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको