कोरोना संक्रमण रोक्न सेनाको तदारुकता, तयारी अवस्थामा रहन पृतनालाई मुख्यालयको निर्देशन



काठमाडौं : नेपाली सेनाको मुख्यालयले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिए सम्भावित परिस्थितिलाई मध्यनज गर्दै आफ्नो पृतनालाई तयारी अवस्था रहन निर्देशन दिएको छ ।

सेनाले पूर्वतयारीस्वरुप उपत्यका पृतनासहित सातवटै पृतनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

कोरोनाको सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यस्तो निर्देशन दिएका हुन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण अहिले विश्वको करिब २ सय देखिमा फैलिसकेको छ । यो तीव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनिएको छ ।

सेनाले देशभर दुई हजार बढी आइसोलेसन कक्ष निर्माण गर्नुका साथै संक्रमितको उपचार गर्न क्वारेन्टाइन वार्डको समेत तयारी अवस्थामा राखेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्