झापामा विदेश गएर आएका एक जनालाई आइसोलेसनमा राखियो


.
झापा : झापामा वैदेशिक रोजगारीबाट आएका एक जनालाई आइसोलेसनमा राखिएको छ । पाँच दिनअघि कतारबाट फर्किएका युवकलाई मेची अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखिएको जिल्ला विपत् व्यवस्थापन सहायता कक्षका सचिव तथा जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले बताए।

उनी आज दिउँसो मात्र आइसोलेसन कक्षमा भर्ना भएका छन् । यस्तै, ५० जनाभन्दा बढीलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । भारत तथा तेस्रो देशबाट फर्किएका केहीलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । केहीलाई भने स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै सरकारले देशभरका नाका बन्द गर्ने र देश नै लकडाउन गर्ने निर्णय गरे पनि पूर्वीनाका काँकडभिट्टामा आवतजावत रोकिएको छैन । भारतको विभिन्न ठाउँमा काम गर्न र पढ्न गएका तथा बंगलादेशमा पढ्न गएका विद्यार्थीहरु पूर्वीनाका काँकडभिट्टामा आइपुगेका छन् ।

करिब सय जना अहिले भारतको काँकडभिट्टामा छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति